हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै « Khabarhub

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ ।

मिसन रोड ग्राउन्ड मोङ कोकमा हुने खेल नेपाली समयअनुसार बिहान ६ बजे सुरु हुने छ । समुह ए मा रहेका दुवै टोली पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएका थिए । शनिबार हुने खेलमा जित हासिल गर्ने टोली अघिल्लो चरण प्रवेश गर्ने छ ।

यसपटक नेपालले भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा हङकङ सिक्सेस खेल्दै छ । प्रतियोगितापछि उनले सन्यास पनि लिँदै छन् ।

प्रतियोगिता नोभेम्बर ९ सम्म आयोजना हुनेछ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल पोल ‘ए’मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।

नेपालको टोलीः शरद भेषावकर ९कप्तान०,सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ११ : १८ बजे

पाकिस्तानका पूर्वकप्तान उल हकको नेतृत्वमा सुदूरपश्चिम : को-को छन् कोचिङ स्टाफ ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सले

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर– कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित