पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन « Khabarhub

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे  गम्भीर टिप्पणी गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले शनिबार कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। 

डा. संग्रौलाले ‘जेन–जी आन्दोलन’ लाई किशोर–युवाहरूको राजनीतिक प्रवेशद्वार भनेका छन् । जेन(जी आन्दोलनले उठाएका मुद्दा महत्त्वपूर्ण रहेको उनले बताए। उनले भने, ‘जेन–जी आन्दोलन भनेको केवल सिंहदरबार जलाउने घटना होइन, यो नयाँ पुस्ताको राजनीतिक चेतना हो।’

भदौ २३ र २४ गतेका घटनालाई फरक दृष्टिले बुझ्न जरुरी रहेको उनले बताएका छन् । उनले राजनीतिक परिवर्तनलाई स्वीकार नगरे देश निषेधात्मक स्थिरता, अर्थात् ‘मुर्दा शान्ति’तिर जान सक्ने चेतावनी पनि दिए।

डा. संग्रौलाले नेपालमा दलतन्त्र चलेको तर लोकतन्त्र हराएको आरोप लगाउँदै राजनीतिक दलहरूले नीति र सिद्धान्त बिर्सिएको बताए।

 ‘कांग्रेससँग समाजवाद छैन, कम्युनिस्टहरू वैज्ञानिक साम्यवाद लिएर हिँडेका छैनन्,’ उनले भने।

उनले हालको अर्थतन्त्रमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउँदै टाइकुनहरूलाई राज्यकै नीतिले संरक्षण गरिरहेको बताए। ‘नीतिगत भ्रष्टाचारले पैसाबाट पैसा कमायो, तर देशले आर्थिक विकास गर्न सकेन,’ उनले टिप्पणी गरे।

डा. संग्रौलाले सार्वजनिक सम्पत्ति बेच्ने, युवालाई रोजगारी नभई कोटाको राजनीति गर्न लगाउने र विदेशी ऋण बढ्दै जाने अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘हामी विचारबाट शासित हुने कि नाफाखोरबाट, अब यही निर्णायक प्रश्न हो।’

भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम आवश्यक रहेको बताउँदै उनले भने, ‘भ्रष्टाचार गर्नेलाई फलामको डन्डीले हान्नु पर्नेमा सिंहदरबारमा आगो लगाइयो। नेताहरूलाई नङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन।’

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : ५१ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले