ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते « Khabarhub

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

 आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ ।

आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै  सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ । आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको  स्थानीय उद्धार एजेन्सीले जनाएको छ  ।  

पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८० –२५० किलोमिटर प्रति घण्टा को गतिमा आएको थियो ।  

आँधीका कारण रूखहरू ढल्नुका काथै घरहरूमा क्षति भएको ‘एजेन्सीले बताएको छ । पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा ‘सुरक्षाका लागि सेना  परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको बताएका छन् । 

मौसम अधिकारीहरूका अनुसार परानाका साथै दक्षिणी राज्यहरू सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : १० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार