ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते « Khabarhub

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

 आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ ।

आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै  सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ । आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको  स्थानीय उद्धार एजेन्सीले जनाएको छ  ।  

पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८० –२५० किलोमिटर प्रति घण्टा को गतिमा आएको थियो ।  

आँधीका कारण रूखहरू ढल्नुका काथै घरहरूमा क्षति भएको ‘एजेन्सीले बताएको छ । पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा ‘सुरक्षाका लागि सेना  परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको बताएका छन् । 

मौसम अधिकारीहरूका अनुसार परानाका साथै दक्षिणी राज्यहरू सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : १० बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९