एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन « Khabarhub

एमालेको पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन महासचिव पोखरेलको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी पालिका स्तरीय जनपरिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रतिगामी षडयन्त्रविरुद्ध एमालेले आयोजना गरेको पालिका स्तरीय जनपरिचालन कार्यक्रमलाई सफल बनाउन पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यकर्तालाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार भनेका छन्।

यसैगरी जनपरिचलनका लागि घना बस्ती भएको क्षेत्र छनौट गर्न सुझाएका पोखरेलले जनप्रर्दशनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न सुझाव दिएका छन् ।

जनप्रदर्शनका क्रममा भिडियो÷फोटोहरु सामाजिक सञ्जालमा ब्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरु आम सञ्चार माध्यममा पठाउनसमेत निर्देशन दिएका छन्।

एमालेको गत असोजक २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जस अनुसार हिजो कातिक २२ गते सबै वडामा एमालेले भेला सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ३८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा