अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग « Khabarhub

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै आएको छ ।
 
त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, चालकलाई सुरक्षा पोशाक व्यवस्था गर्नुपर्ने सङ्घको माग छ । देशभर छ हजार एम्बुलेन्स छन् । तीमध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन नसकेको सङ्घका अध्यक्ष नवराज लामिछानेले बताए ।
 
उनले भने, ‘यसअघिका सरकारले हाम्रो मागलाई बेवास्ता गर्‍यो, अहिलेको सरकारले सम्बोधन गर्नेमा हामी ढुक्क छौँ ।’ नागरिकको बलमा बनेको सरकार र स्वास्थ्य क्षेत्र बुझेका मन्त्रीबाट आफूहरूको माग सम्बोधन हुने लामिछानेको भनाइ छ । लामिछानेले केही दिनमै स्वास्थ्यमन्त्रीसमक्ष आफूहरूको माग राख्न लागिएको बताए ।
 
यसअघि आफ्नो माग पूरा गर्न आग्रह गर्दै सङ्घले स्वास्थ्यमन्त्रीसहित प्रमुख दललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ऐनका कारण स्वास्थ्य संस्थाबाहेक अन्यले नयाँ एम्बुलेन्स ल्याउन नपाउँदा गाउँबस्तीमा एम्बुलेन्सको अभाव भएको उनी बताउँछन् । उनले भने, ‘पहिलेका पुराना भए, नयाँ आउन सकेका छैनन्, यसले गाउँघरमा एम्बुलेन्स नपाइने समस्या बढ्दै गएको छ ।’ रासस
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : १० बजे

बलात्कारमा ‘पीडित’को मौनता : बढेको हो न्यायप्रतिको अविश्वास ?

अमेरिका बस्ने एक युवतीले अभिनेता तथा चर्चित हास्य कलाकार सागर

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा