‘के–फुड’ कार्यक्रम सम्पन्न « Khabarhub

‘के–फुड’ कार्यक्रम सम्पन्न


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रवृत्तिमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूको सक्रियतामा के–फुड कार्यक्रम कार्यक्रमको आयोजना गरियो । 

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा भएको सो कार्यक्रमले कोरियाली खानामार्फत सहभागी रुले कोरियाको सम्झनाहरू साट्ने अवसर पाएका थिए ।

सो अवसरमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्व विद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरू परिवार र साथीहरूसँग साझा गर्ने अर्थपूर्ण अवसरले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सहयोग पुग्ने बताए ।

उनले कोरियामा सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सके सम्बन्धित व्यक्तिको मात्र नभई मुलुककै समृद्धिमा सहयोग पुग्नेछ भने । 

कोरिया सरकारले नेपालमा रोजगारी सृजना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्यअनुसार यहाँका युवाहरूको लागि दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्दै आएको छ ।

गत अगस्ट महिनामा काठमाडौँमा आयोजना गरिएको के–फुड उद्यमशीलता तालिमको एक हिस्साको रूपमा ‘के–फुड’ कार्यक्रमलाई लिइएको छ । रासस
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : २७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु