महानगरभित्र फोहर तथा प्लास्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध  « Khabarhub

महानगरभित्र फोहर तथा प्लास्टिकजन्य बस्तु बाल्न प्रतिबन्ध 


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ । 

चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेकाले यस्ता बस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । जसको प्रमुख कारण मध्ये यसरी खुला रूपमा बालिने प्लास्टिकजन्य वस्तु पनि रहेको विभागले जनाएको छ । 

विभागका प्रमुख सरिता राईले भनिन् ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यस प्रकारको निर्णय गरिएको हो ।’ वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ । 

ती व्यक्तिहरूसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ विभागद्वारा जारी सूचनामा भनिएको छ । 

यस व्यवस्था बमोजिम कसैले सूचनाको अटेर गरी प्लास्टिकजन्य वस्तुहरू बालेको पाइएमा प्रति पटक १० हजार रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : ०५ बजे

विश्वकप उद्घाटनसँगै विवाद

एजेन्सी– उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको

चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप

गलकोट– बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोर

इरानलाई २२ देशको संयुक्त चेतावनी

एजेन्सी– संयुक्त राज्य अमेरिका, बेलायत, विभिन्न युरोपेली राष्ट्र तथा अस्ट्रेलियासहित

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ– अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा

प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका