ड्रुक ग्रिन पावर र अडानी पावरबीचको सम्झौता ऊर्जा सहकार्यमा कोसेढुङ्गा : भुटानी प्रधानमन्त्री « Khabarhub

ड्रुक ग्रिन पावर र अडानी पावरबीचको सम्झौता ऊर्जा सहकार्यमा कोसेढुङ्गा : भुटानी प्रधानमन्त्री


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुटानका प्रधानमन्त्री छिरिङ टोब्गेले भुटानको ड्रुक ग्रिन पावर कर्पोरेशन र भारतको अडानी पावर लिमिटेडबीच भएको सम्झौतालाई द्विपक्षीय ऊर्जा सहकार्यमा महत्वपूर्ण कोसेढुङ्गाको संज्ञा दिएका छन् । हालै भारतको अडान पावर कम्पनी र भुटानको ड्रुक ग्रिन पावर कर्पोरेशनले ५ सय ७० मेगावाटको वाङ्छु जलविद्युत परियोजनामा हस्ताक्षर गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री टोब्गेले दुई कम्पनीबीच भएको सम्झौताले द्विपक्षीय हरित ऊर्जा सहकार्यमा महत्वपूर्ण कोसेढुङ्गा थपेको जनाएका हुन् । टोब्गेको भारत भ्रमणका क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको भारतीय अखबार द स्टेट्सम्यानले जनाएको छ ।

श्रीमती ओम टासी डोमासँगै भारत पुगेका प्रधानमन्त्री टोब्गेले उच्चस्तरीय भेटवार्ता पनि गरेका छन् । उनले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको द स्टेट्सम्यानले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ०३ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु