भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण « Khabarhub

भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा शुल्क हस्तान्तरण


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरूको स्वास्थ्य बीमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमाबापतको रकम हस्तान्तरण गरेको छ । 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बीमाबापतको रकम हस्तान्तरण गरेका हुन् ।

कँडेलले उनीहरूको स्वास्थ्य बिमाबापतको  दुई लाख ४१ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेका हुन् । सन् २००५ देखि थालेसेमियाका बिरामीको उपचारमा सहयोग गर्दै आएको यस समाजले स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै बिमाबापतको रकम प्रदान गर्दै आएको उनले बताए । 

सुरुआतमा ३३ बिरामीलाई सेवा दिएर सुरु गरिएको यस कार्यक्रममा अहिले ६९ बिरामी पुगेका छन् । थालेसेमियाका बिरामीले महिनामा कम्तीमा दुई पटक रगत फेर्नुपर्ने हुन्छ ।

समाजले गरेको बिमाबाट बिरामीका परिवारले लाभ लिन पाउनेछन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलका अनुसार यस रोगका बिरामीको रक्तसेलमा समस्या हुने र सामान्य रक्तसेल निर्माण नहुने हुँदा रगत फेर्नुपर्ने हुन्छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : १८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको