संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउनुपर्छ : राष्ट्रपति  « Khabarhub

संविधान र लोकतन्त्रलाई उन्नत बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउनुपर्छ : राष्ट्रपति 


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका हुन् ।

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरूको योगदान महत्त्वपूर्ण हुने उनले बताए  । राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उनले बताए ।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको धारणा राखे । 

त्यसैगरि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यमलाई व्यावसायिक रूपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्त्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गरे । 

मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक विषयवस्तु प्रसारण गर्नुपर्ने चुनौती रहेको भन्दै यसलाई दिगो रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए  । 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह, लोगो सार्वजनिक गरिएको थियो भने नयाँ च्यानल एन टिभी वर्ल्डको  शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : २५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र