सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल « Khabarhub

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आइतबार सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वर्ल्ड’ को औपचारिक शुभारम्भ समारोहमा बोल्दै मन्त्री खरेलले पिएसबीमार्फत दिइने विषयवस्तु बलियो, प्रभावकारी र दिगो हुनुपर्नेमा जोडदिए ।

सञ्चारमन्त्री खरेलले भने, ‘पिएसबीको नारा ‘जष्टिफाई’ हुन जरुरी छ । यसले दिने ‘कन्टेन्ट’ बलियो हुनुपर्‍यो, कन्टेन्टमा नवीनता र सिर्जनशिलता झल्कनुपर्छ र प्रस्तुतीमा निखारपन आउनुपर्छ । पिएसबीको पहुँच जनतामा सहज र सरल रूपमा पुर्‍याइनुपर्छ ।’

उनले चुनौतिकाबीच पिएसबीको सुखद् सुरुवात भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए । सञ्चारमन्त्री खरेलले विदेशमा बसोबास गर्ने नेपाली तथा विदेशीहरूको नजरमा नेपालको पहिचान र गौरब झल्कने सामग्री समेट्न जरुरी भएको उल्लेख गरे।

उनले नेपालमा मात्रै नभई विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पिएसबीलाई मोबाइल, ‘डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीको दर्शक र श्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिए  । 

‘हिजोको जस्तो भित्तामा टेलिभिजन राखेर चल्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरण अनुरूप अब, सुधार गर्नुपर्छ । एनटिभीको पाँच वटै च्यानलमार्फत कसरी जनताको विश्वास जित्ने, लाईक भिवरसिप बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ’, सञ्चारमन्त्री खरेलले भने  ।

उनले पछिल्लो समय आमसञ्चार माध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विविध चुनौतीहरू थपिँदै आमसञ्चारको दिगोपना र व्यवसायीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे  ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : ३० बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको