मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ « Khabarhub

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले मुहान क्षेत्रमा तालाबन्दी गरी राजधानी काठमाडौंतर्फ पठाइँदै आएको पानी बन्द गरेको जनाएको छ।

हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका सचिव छिरिङग्याल्बोले आइतबार वक्तव्य निकालेर राजधानीवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन स्थानीय सधैँ पक्षमा रहेको जनाएका छन् ।

तर आयोजनाको लापरवाही र सम्झौता कार्यान्वयन नगरेकाले बाध्य भएर यस्तो कदम चालिएको समितिले उल्लेख गरेको छ।

लामाले भनेका छन्, ‘२०८१ असोज २१ गते तत्कालीन खानेपानी मन्त्री प्रदिप यादव र सचिव प्रमिला देवी बज्राचार्यसँग गरिएको १० बुँदे सहमति ३ महिनाभित्र कार्यान्वयन गर्ने लिखित सम्झौता भएको थियो । तर, मन्त्रालय र आयोजनाले बारम्बार छलफल र घेराउ गर्दा पनि वाचा पालना नगरी स्थानीयलाई झुक्याउने मात्रै काम गर्‍यो।’

समितिले २०७७ सालदेखि दैनिक २२ करोड लिटर पानी काठमाडौँ पठाउँदै आएको जनाएको छ । तर स्थानीयलाई त्यसको प्रतिफलमा एक रुपैयाँ नदिएको आरोप समितिले लगाएको छ।

‘यदि राजधानीवासीलाई निःशुल्क खानेपानी वितरण गर्न सकिन्छ भने, मुहान क्षेत्रका हेलम्बुवासीलाई पनि त्यसको केही हिस्सा उपलब्ध गराउनुपर्छ’, वक्तवयमा भनिएको छ।

समितिले पानी अवरुद्ध गर्नु रहर नभई बाध्यता भएको दाबी गर्दै राजधानीवासीलाई परेको असुविधाप्रति क्षमायाचना गरेको छ।

सहमतिको लागि वार्ता र संवादमै तयार रहे पनि सरकार र आयोजनातर्फबाट हालसम्म कुनै औपचारिक पहल नभएको भन्दै तत्काल वार्ता प्रक्रिया सुरू गर्न पिनि समितिले आग्रह गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : ०९ बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज