मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू) « Khabarhub

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न ७ दिन बाँकी हुँदा काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा सर्वसाधारण उत्साहजनक सहभागिता देखिएको छ ।

केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरूले जानकारी दिएका छन् ।

सेवाग्राही अंकित बरालकाले पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँदा खुसी लागेको बताइन् । आफू जेन-जी पनि भयका कारण अब आउने नेतृत्व युवा हुन पर्ने र मतदानको लागि आफू पनि तयार भएको बताइन् ।

कार्यालयको सर्भरमा समस्या देखिए पनि धेरै समय लाइनमा बस्नु नपरेको उनले जानकारी दिइन् । 

मतदाता नामावलीमा नाम दर्ता गर्ने काम ७७ वटै जिल्लाबाट भइरहेको कारणले पनि सर्भरमा चाप बढेर केही समस्या देखिएको कार्यालयका सूचना अधिकारी सिर्जना रायमाझीले जानकारी दिइन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  २ : १८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको