जेन-जी आन्दोलनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै पालिकातिर एमाले, यस्ता छन् सात नारा « Khabarhub

जेन-जी आन्दोलनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै पालिकातिर एमाले, यस्ता छन् सात नारा

शंकर पोखरेलले तय गरे सात नारा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तरिम सरकार बनाउने प्रक्रियालाई प्रतिगामी षडयन्त्र भन्दै नेकपा एमाले पालिकामा जाने भएको छ।

एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन भन्दै महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने संख्या हेरेर आवश्यकता आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका हुन् ।

यसैगरी जनपरिचलनका लागि घना बस्ती भएको क्षेत्र छनोट गर्न पनि उनले भनेका छन् । घना बस्ती भएका ठाउँमा जनसंख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलको निचोड छ।

यस्तै जनप्रर्दशनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जनप्रदर्शनका क्रममा भिडियो-फोटोहहरू सामाजिक सञ्जालमा भाइरल हुने गरी शेयर गर्न पनि उनले भनेका छन् । त्यस्ता सामग्रीहरू आमसञ्चारमाध्यममा पठाउन पनि महासचिव पोखरेलले भनेका छन् ।

एमालेको गत असोजक २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्रविरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार सबै वडाहरूमा एमालेले भेला सम्पन्न गरेको छ ।

एमालेका सात नारा

प्रतिगामी षडयन्त्र- मुर्दावाद ।
विघटित प्रतिनिधिसभा- पुनर्स्थापना गर ।
२३ र २४ को अपराधिक घटनाको- निस्पक्ष छानबिन गर ।
तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई- कारबाही गर ।
हत्या, हिंसा, आतंक- बन्द गर ।
नेकपा(एमाले)- जिन्दावाद ।
जनताको बहुदलीय जनवाद- जिन्दावाद ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : ०५ बजे

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल