उदयपुर– त्रियुगा नगरपालिका-५ गेरूवाई खोला नजिक सडकमा पिपलचौरीबाट लालपत्तातर्फ आउँदै गरेको स.१ त ५४३५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका-५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको आइतबार बिहान मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया