मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने « Khabarhub

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात होटलबाट मुख्यमन्त्री बनाएको प्रकरणमा त्यहाँस्थित सात दल सर्वोच्च अदालत जाने भएका छन् ।

संविधानको धारा १६८को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् ।

सोमबार बिहान बसेको सात राजनीतिक दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री बनाएको विरोधमा बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।

यादवले ७ दलका ७४ प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सर्वोच्च जान लागिएको बताएका छन् ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत लिन नसक्दा आइतबार राजीनामा दिए । उनले विश्वासको मत नमागी २५ दिनमै राजीनामा दिए ।

आइतबार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन अघि बढाउन माग गरेका थिए ।

तर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै बर्दिबासको पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

उनले यादवलाई शपथसमेत त्यही होटलमा खुवाएपछि विरोध सुरू भएको थियो । एउटा समूहले जनकपुरधामस्थित मधेश प्रदेशको कार्यालय पनि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै