नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा « Khabarhub

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाधिवेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जेन-जी आन्दोलनले राजनीतिक र सामाजिक परिस्थिति बदलिदिएको बताउँदै अब कांग्रेसको महाधिवेशनमा जेन-जी पुस्ता समेटिनुपर्ने धारणा समेत राखिएको छ । 

युनियनले नेपाली कांग्रेसको आगामी महाधिवेशनका जेन-जी आन्दोलनपछि श्रमिकको अवस्था र आगामी निर्वाचनप्रति सरकारको ध्यानाकर्षण गराउन विभिन्न १३ बुँदामा निर्णय गरेको छ । जसमध्ये, कांग्रेसको वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मङ्सिरभित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर कांग्रेसको लामो समयदेखि चलिरहेको निरन्तरको बैठकप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आगामी निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्वसहित सहभागी हुनुपर्ने र महासङ्घ आम निर्वाचनपूर्व एकीकृत रूपमा सहमतिका साथ विधानका साथै संविधानको मूल मर्मअनुसार सबै वर्गको सहभागिता हुनेगरी यथाशीघ्र महाधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । कांग्रेसको निर्णय विहीनताले मुलुक पनि दिशाविहीन भएको समेत महासङ्घको ठहर रहेको छ ।

कांग्रेसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वबाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटकभन्दा बढी संसदीय प्रतिनिधिका रूपमा अवसर पाइसकेकाहरूलाई सङ्गठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रूपमा समेट्ने गरी उम्मेदवारहरू तय गर्ने नीति लिन कांग्रेसलाई आह्वान गरेको छ । त्यसैगरी पार्टी संरचनाभित्र पनि आरक्षित सिटहरूमा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर नपाउने व्यवस्था गर्नुपर्ने युनियनको निर्णय छ ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रमिकहरूको पक्षका सरकार विगतदेखि उदासीन भएको बताउँदै हाल मन्त्री विहीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नियुक्ति गर्न सरकारलाई ध्यानकेन्द्रित गराउने बताए। 

उनले श्रमिकले समाजको सबै समुदायको प्रतिनिधित्व गने हुँदा संविधानमा छुट्याइएका विभिन्न क्लस्टरमध्ये, श्रमिक र कृषकको स्थान सुनिश्चित गरिनुपर्ने धारा राखे। उनले अबको कांग्रेसको महाधिवेशनमा जेन-जी पुस्तालाई समेटिनुपर्ने बताए ।

यसैगरी युनियनका महासचिव अजयकुमार राईले जेन-जी आन्दोलनपछिको सामाजिक, राजनीतिक रूपान्तरणको अपेक्षाप्रति राजनीतिक पार्टीले गम्भीर आत्मसात् गर्नुपर्ने बताए।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ३७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा