निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दललाई पूर्वराष्ट्रपति यादवको आग्रह « Khabarhub

निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दललाई पूर्वराष्ट्रपति यादवको आग्रह


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।  

सोमबार गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिलेको अवस्थामा निर्वाचन मात्रै एक मात्र विकल्प भएकाले निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।

उनले अहिलेको संविधानलाई बचाएर अघि बढ्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएको जिकिर गरे । यादवले जेन-जी आन्दोलनमा क्रममा भएको घुसपैठका कारण ठूलो क्षति भएको भन्दै निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही हुनुपर्नै धारणा राखे ।

उनले दुई पटक संसद विघटन गर्ने एमालेसँग सत्ता साझेदारी गरेर कांग्रेसले गलत काम गरेको र त्यसका कारण संसदीय प्रणालीमाथि नै प्रहार भएको टिप्पणी गरे ।

अहिलेको अवस्थामा देश र जनताले कांग्रेसलाई नजिकबाट नियालिरहेको भन्दै यादवले केन्द्रीय समितिबाट निर्वाचनको पक्षमा निर्णय लिन सुझाव दिए ।

गणेशमान सिंहको १११ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निस्ठुरीलाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ०५ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु