माधव नेपालको हात छाडेर १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी « Khabarhub

माधव नेपालको हात छाडेर १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्री चार वर्ष दुई महिना अर्थात् एक हजार पाँच सय ४५ दिनपछि केपी शर्मा ओलीसँगै गला मिलाउन आइपुगेकी छन् ।

ओलीविरुद्धकै दुई लाइन संघर्षका क्रममा २०७८ भदौमा त्यसबेलाका नेता माधवकुमार नेपालको हात समातेर निर्वाचनमा आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता गराएकी उनी पछुतो मान्दै एमालेमा फर्किएकी हुन् ।

तत्कालीन नेकपामा देखिएको विवादका क्रममा मुखमा टेप बाँधेर ओलीविरुद्ध खनिएकी उनी आफैंले हात डोर्‍याएर लगेका नेता नेपालसँग मोहभंग भएपछि उनकै भाषामा पुरानै घरमा फिर्ता भएकी हुन् ।

२०७७ फागुनमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले मिलेर बनेको नेकपालाई विघटन गरिदिएपछि माधव नेपाल नेतृत्वको एउटा समूह एमालेमै नफर्की बसेको थियो ।

त्यसबेला खारेजीमा परेको नेकपाका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको पक्षमा खुलेकी झाँक्रीले सोमबार एमालेमा फर्किँदै गर्दा एकीकृत समाजवादी विघटन भएको घोषणा गरिन् । त्यतिमात्रै होइन, उनले ओलीलाई समाजवादीको चुनाव चिह्न कलम पनि बुझाइन् ।

सर्वोच्च अदालतको २०७८ असारको आदेशपछि प्रधानमन्त्री बनेका शेरबहादुरको देउवा नेतृत्वको सरकाको पहलमा दल विभाजनसम्बन्धी कानुन संशोधन गरेर २० प्रतिशतमा झारेपछि नेपालले एमाले फुटाएका थिए । एमालेबाट चोइटिएका नेपालले दल दर्ता गरे ।

राजनीतिक दलसम्बन्धी कानुन अध्यादेशबाट खुकुलो पारेकै दिन नेपाल र झाँक्रीसहितका नेता निर्वाचन आयोग पुगेर २०७८ भदौ २ गते एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए । दल दर्ता गर्न झाँक्रीले माधव नेपालको हातै समातेर लगेकी थिइन् ।

दल दर्तापछि झाँक्रीले पार्टी सचिवको जिम्मेवारी पाएकी थिइन् । त्यसताका ओलीको खरो विरोधी बनेकी उनी माधव नेपालसँग संगत गर्दा मोहभंग भएर एमालेतिरै मोडिएकी हुन् । बितेका चार वर्षमा ओलीले झाँक्रीको सक्दो विरोध गरे भने झाक्री पनि ओलीविरुद्ध लागिरहिन् ।

त्यसबेला एकीकृत समाजवादीमै हुँदा झाँक्री शहरी विकास मन्त्री बनिन् । त्यही पार्टीबाट ०७९ को प्रतिनिधिसभामा निर्वाचन उनी गुल्मी क्षेत्र नम्बर २ बाट पराजित भइन् । उनी एमाले नेता गोकर्ण विष्टसँग दुई हजार ३६ मनअन्तरले हारेकी थिइन् ।

०८१ भदौमा भएको एकीकृत समाजवादीको महाधिवेशनमा झाँक्री महिला उपाध्यक्ष पदमा पराजित भइन् । त्यसबेला उनले आफूलाई हराउन नेपालले चिट नै बाँडेको आरोप लगाइन् ।

त्यसपछि झन् अध्यक्ष नेपालसँग झाँक्रीको सम्बन्ध बिग्रिएको थियो । एमाले छाडेर मन्त्री बनेकोबाहेक झाँक्रीले अरू राजनीतिक आधार र उचाइ लिन सकिनन् । लामो समय पार्टीमा गुमनाम जस्तै बनेकी उनी पछिल्लो केही महिनायता मात्रै सक्रिय थिइन् ।

अन्तत: उनी विगतमा आफैं ‘प्रतिगामी तानाशाह’को संज्ञा दिएका ओलीकै नेतृत्वको एमालेमै उनी फर्किएकी छन् । उनको यो निर्णयलाई माधव नेपालसँग सम्बन्ध बिग्रिएपछिको राजनीतिमा सेफ ल्यान्डिङका रुपमा हेरिएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १८ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा