जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भयो : ओली « Khabarhub

जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भयो : ओली


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताएका छन् । 

नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताए  । 

जेन-जी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ । यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्किएको ओलीले बताए । 

यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीले बताए।  हालै बनेको नेपाली कम्युनिस्ट पार्टी प्रति लक्षित गर्दै उनले सो पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे । 

एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीले बताए । नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पुरा गर्न उनीहरू घर फर्किएको ओलीले बताए । 

भदौ २३ र २४ को घटना सुनियोजित उपद्रो भएको उनको भनाइ छ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उनले प्रतिबद्धता जनाए । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उनले सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा