१५ दिनपछि स्वदेश फर्किदै नेपाली फुटबल टोली « Khabarhub

१५ दिनपछि स्वदेश फर्किदै नेपाली फुटबल टोली


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार (आज) स्वदेश फर्किँदै छ । फिफा विश्वक २०२२ तथा एएफसी उसियन कप २०२३ अन्तर्गतको छनोट खेलका लागि जोर्डनमा रहेको नेपाली टोली आज बेलुका साढे ६ बजे काठमाडौं आइपुग्नेछ ।

नेपाली टोलीले पछिल्लो १५ दिन विदेशमा विताएको छ । जसमा नेपाल अस्ट्रेलियाविरुद्धको खेलका लागि असोज १५ गते अस्ट्रेलिया उडेको थियो । असोज २३गते अस्ट्रेलियाविरुद्ध र असोज २८ गते जोर्डनविरुद्ध खेलेको थियो । यी दुवै खेल नेपालले गुमाएको थियो ।

अस्ट्रेलियासँगको ५–० को हारलाई पनि सन्तोषजनक मानिएको छ । विश्वकप खेल्दै आएको अस्ट्रेलियासँग नेपालले पहिलो पटक खेलेको थियो ।

यता, तेस्रो पटक जोर्डनलाई भेटेको नेपालले उसको घरेलु मैदानमा ३–० गोलको पराजयलाई पनि नेपाली टोलीको प्रदर्शनलाई पनि सकारात्मक नतिजाका रुपमा विश्लेषण भइरहेको छ ।

विश्वकप छनोट अन्तर्गतको ४ वटा टोलीसँगको ‘अवे’ खेल नेपालले खेलिसकेको छ । जसबाट नेपालले ३ अंक जोड्दै समू बि मा चौथो स्थानमा छ ।

समूहमा ९ अंकसहित अस्ट्रेलिया शिर्ष स्थानमा छ भने जोर्डन ७ अंकसहित दोस्रो स्थानमा हुँदा तेस्रो स्थानमा रहेको कुवेतको ४ अंक छ भने समूहको पुछारमा चाइनिज ताइपेइ छ ।

अब नेपालले दशरथ रंगशालामा चार वटै टोलीसँग ‘होम गेम’ खेल्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : ०६ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र