१५ दिनपछि स्वदेश फर्किदै नेपाली फुटबल टोली « Khabarhub

१५ दिनपछि स्वदेश फर्किदै नेपाली फुटबल टोली


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार (आज) स्वदेश फर्किँदै छ । फिफा विश्वक २०२२ तथा एएफसी उसियन कप २०२३ अन्तर्गतको छनोट खेलका लागि जोर्डनमा रहेको नेपाली टोली आज बेलुका साढे ६ बजे काठमाडौं आइपुग्नेछ ।

नेपाली टोलीले पछिल्लो १५ दिन विदेशमा विताएको छ । जसमा नेपाल अस्ट्रेलियाविरुद्धको खेलका लागि असोज १५ गते अस्ट्रेलिया उडेको थियो । असोज २३गते अस्ट्रेलियाविरुद्ध र असोज २८ गते जोर्डनविरुद्ध खेलेको थियो । यी दुवै खेल नेपालले गुमाएको थियो ।

अस्ट्रेलियासँगको ५–० को हारलाई पनि सन्तोषजनक मानिएको छ । विश्वकप खेल्दै आएको अस्ट्रेलियासँग नेपालले पहिलो पटक खेलेको थियो ।

यता, तेस्रो पटक जोर्डनलाई भेटेको नेपालले उसको घरेलु मैदानमा ३–० गोलको पराजयलाई पनि नेपाली टोलीको प्रदर्शनलाई पनि सकारात्मक नतिजाका रुपमा विश्लेषण भइरहेको छ ।

विश्वकप छनोट अन्तर्गतको ४ वटा टोलीसँगको ‘अवे’ खेल नेपालले खेलिसकेको छ । जसबाट नेपालले ३ अंक जोड्दै समू बि मा चौथो स्थानमा छ ।

समूहमा ९ अंकसहित अस्ट्रेलिया शिर्ष स्थानमा छ भने जोर्डन ७ अंकसहित दोस्रो स्थानमा हुँदा तेस्रो स्थानमा रहेको कुवेतको ४ अंक छ भने समूहको पुछारमा चाइनिज ताइपेइ छ ।

अब नेपालले दशरथ रंगशालामा चार वटै टोलीसँग ‘होम गेम’ खेल्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : ०६ बजे

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित