आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह « Khabarhub

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिबहादुर बस्नेतले केही दिनयता सामाजिक सञ्जालमार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिलबिजक नक्कली बनाइ त्यस्ता बिलबिजकमार्फत विभिन्न व्यापारिक समूहबाट सामान खरिद गरेर ठगी गर्ने प्रवृत्ति बढेकाले सचेत रहन अनुरोध गरेका छन् ।

‘नक्कली बिलबिजक बनाएर यहाँ सिमेन्ट, छड, मदिरा, मोटर पार्टस् लगायत गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा एकिन भएपश्चात मात्र गर्नुहुन अनुरोध गरिन्छ’, उनले भने, ‘आधिकारिकताबिनाका कुनै सामान खरिद नगर्नुहुन अनुरोध गरिन्छ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत अनुरोध गरिन्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले केही दिनदेखि यहाँ नक्कली बिलबिजक बनाएर सिमेन्ट, छड, मदिरा, मोटर पार्टस् आदि खरिद गरी ठगी गर्ने गरिएको घटना आइरहेको हुँदा व्यापारिक कारोबार गर्दा सामान खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग एकिन गरी मात्र कारोबार गर्नुहुन अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले प्रतिष्ठित औद्योगिक घराना, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूका नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता नबुझी त्यस्तासँग व्यावसायिक कारोबार, लेनदेन नगर्न हुनसमेत अनुरोध गरेको छ । (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ०१ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी