अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।
कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए ।
उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो ।
कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनस्थापित हुन तालिमले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।













प्रतिक्रिया