खुकुरी प्रहारबाट एकको मृत्यु दुई घाइते « Khabarhub

खुकुरी प्रहारबाट एकको मृत्यु दुई घाइते


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेमा भएको घटनामा स्थानीय ५० वर्षीया महिला सन्तमाया लोको मृत्यु भएको र मृतकका श्रीमान् ५५ वर्षीय कालबहादुर लो र छिमेकी २६ वर्षीया देवीमाया मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गए राति बकैया गाउँपालिका– ३ जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

घाइतेको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गए राति नै हतियारसहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : ५१ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।