जेनजी मुभमेन्टको माग : ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई बर्खास्त गरौँ | Khabarhub Khabarhub

जेनजी मुभमेन्टको माग : ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई बर्खास्त गरौँ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई गैरकानुनी विद्युत् खरिद सम्झौतामा संलग्न भएको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेको छ।

मुभमेन्टले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणबीच भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको अवैध सम्झौता भएको दाबी गरेको छ।

वक्तव्यमा यो सम्झौतालाई ‘राष्ट्रघाती र भ्रष्टाचारपूर्ण’ भन्दै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

मुभमेन्टकोचार बुँदे माग
ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर,
प्राधिकरण प्रमुख मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्न,
विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौता सार्वजनिक,
राष्ट्रघाती सम्झौतामा संलग्नलाई जेल हाल्ने र राज्यको सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया सुरु ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : १६ बजे

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकारेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत

समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !

काठमाडौं – सामान्यतया पहिलो भागको विस्तारित रुपमा सिक्वेल बन्ने गर्छन्

दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु

नयाँ दिल्ली- दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको