कैलालीमा धान उत्पादन घट्यो | Khabarhub Khabarhub

कैलालीमा धान उत्पादन घट्यो


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ । यस वर्ष ६८ हजार ५४१ ‘हेक्टर’ क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा तीन लाख आठ हजार ४३४ मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २५ हजार ५६९ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व पनि घटेको छ । गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७५ मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष चार दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर रहेको उनको भनाइ छ ।

त्यसैगरी यस वर्ष जिल्लामा ६ हजार ४६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार १९२ मेट्रिकटन मकै उत्पादन भएको तथा १०३ हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा १५४ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । (रासस)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ४७ बजे

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौं– नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान गरेका छन् ।

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार

नोमपेन– थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखिएको भन्ने थाइल्यान्डको

मधेशका मुख्यमन्त्री यादवले भने- मेरो नियुक्तिविरुद्ध सर्वोच्चले फैसला गरे तत्काल पद छाड्छु

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च