आजभोलि कम्युनिस्ट पार्टी मिलेको जस्तो देखिएको छैन– प्रचण्ड | Khabarhub Khabarhub

आजभोलि कम्युनिस्ट पार्टी मिलेको जस्तो देखिएको छैन– प्रचण्ड


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई अराजकताको केन्द्रविन्दु बनाउन खोजिएको बताएका छन् ।

विहीवार चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले अस्तव्यस्तताको लागि देशभरका अराजक आएर खेल्ने ठाउँ चितवन बन्दै गएको दावी गरे ।

चितवनमा रवि लामिछाने प्रकरण, ज्ञानेन्द्र शाही प्रकरण प्रति लक्षित गर्दै प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको बताए ।

‘चुनाव भएपनि आजभोलि कम्युनिस्ट पार्टी मिलेको देखिएको छैन। एकले अर्कालाई कसरी तेजोबध गर्ने भनेको जस्तो देखिएको छ’ प्रचण्डले भने,‘त्यस्तो देखिएपछि चितवन जिल्लामा अराजकता मच्चाउन पाइयो भने संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नकारात्मक धारणा बनाउन सकिन्छ भनेर अन्त सबैतिर छोडेर चितवनमा कति खेल्न सकिन्छ त्यहि आएर खेल्न खोजेको देखिएको छ ।’

अराजकता फैलाउनेमा आफ्नै पार्टीका नेता कार्यकर्ता पनि ताली बजाउँदै हिँडेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरे ।

‘त्यसैले हामी कम्युनिस्ट आदर्शबाट केही न केही स्खलित भइरहेका छौं’ प्रचण्डले भने,‘हामी आफैं विग्रियौं भने प्रतिक्रियावादीले केही गर्नु पनि पर्दैन सोभियत संघको जस्तो हुन जान्छ ।’

उनले पछिल्ला दिनमा कम्युनिस्ट पार्टीहरुमा स्खलन आएको भन्दै चिन्ता व्यक्त गरे ।

उपलव्धिलाई संस्थागत गर्ने सवालमा कतै हामी आत्मकेन्द्रित त भएका छैनौं ? उनले प्रश्न गरे । ‘परिवर्तनमा अरुबाट खतरा छैन’ प्रचण्डले भने,‘ परिवर्तनलाई अफ्ट्यारो हुन्छ भने तपाई हामी आफैंबाटै हो ।’

सत्तामा नपुग्दासम्म जस्तो सुकै त्यागका लागि इमान्दारिता प्रदर्शन गर्न तयार हुने कम्युनिस्टले सत्तामा पुगेपछि विर्सदैं जाने गरेको उनले बताए ।

स्वार्थी तत्व र गुटले स्थान लिने र आफैले जनताबाट आफूलाई टाँढा लादै जाने, त्यसबाट विचलित हुँदै जाने रोग कम्युनिस्टहरुलाई लाग्ने गरेको र यो नेपालमा मात्र होइन विश्वव्यापी समस्या भएको उनले बताए ।

धेरै माथि उठेको पार्टी र व्यक्ति त्यति नै तल खस्ने प्रचण्डको भनाइ थियो ‘माथि पुगेको पार्टी र व्यक्ति पछारियो भने हड्डिपनि नबच्ने गरि पछारिने खतरा रहन्छ’ प्रचण्डले भने,‘ माथि पुग्ने सकारात्मक हो तर माथि अडिरहने र अझ माथि जाने कुरा अझ महत्वपूर्ण हो । ’

पछिल्लो समय नेपाली कम्युनिस्टहरु विग्रर्दै गएको उनको भनाइ थियो । तर काम नै नलाग्ने गरी भने नबिग्रिएको र बेलैमा उपचार गर्नुपर्ने बताए ।

‘हामी विग्रिएर काम नै नलाग्ने भएका छैनौं । हामीमा केही धुलो मैलो लागेको छ’ प्रचण्डले भने,‘हामीले पहिला आफ्नो धुलो मैलोलाई हेर्न जरुरी छ ।’

‘अलिअलि धुलो लागेको छ, हामी काम नै नलाग्ने, क्यान्सर नै भएर उपचार नै नुहेन भएको चाँही छैन’ प्रचण्डले भने,‘ग्यास्टिक, अल्सर भएको होला यसको उपचार छ, बेलैमा उपचार गरौं । हामी माथि पनि यही समीक्षा गरिरहेका छौं । ’

प्रचण्डले समाजवादको लागि आन्दोलन गर्ने इच्छा रहेको पनि बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  २ : ३० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम