मधेशका मुख्यमन्त्री यादवले भने- मेरो नियुक्तिविरुद्ध सर्वोच्चले फैसला गरे तत्काल पद छाड्छु | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री यादवले भने- मेरो नियुक्तिविरुद्ध सर्वोच्चले फैसला गरे तत्काल पद छाड्छु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एक छिन पनि पदमा नबस्ने बताएका हुन् ।

संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै यादवले दलहरूले सहयोग गर्नेमा विश्वस्त रहेको धारणा राखे ।

विगतमा सरकार बन्दा एमालेले अन्य दललाई मुख्य रूपमा सहयोग गरेको हैसियतमा अव आफूलाई अन्य दलले आफूलाई विश्वासको मत दिने उनले बताए ।

मुख्यमन्त्री यादवले अघिल्लो दिन आफूले नियुक्तिको पत्र पाइसकेपछि शपथ ग्रहण गराएर मात्रै काठमाडौं जान प्रदेश प्रमुखलाई भनेको स्पष्ट पारे  । त्यसैका कारण आफ्नो शपथ बिहानै होटलमा आयोजना गरिएको उनको भनाइ छ । उनले प्रदेश प्रमुख पदमुक्त गरिएकोमा असन्तुष्टि व्यक्त गरे । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ५८ बजे

फुटेको चार वर्षपछि मिल्न खोज्दै दुई राजावादी दल, लिङ्देन र थापाबीच एक्ला-एक्लै वार्ता

काठमाडौं- जेन-जी आन्दोलनको उथलपुथलबीच मूलधारका दलहरूको चुनौती बढेका बेला दुई राजावादी

हुम्लामा थपिए ९७५ मतदाता

अदानचुली– हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम

ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली

ललितपुर– ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणाली सुरुवात गरेको छ

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट

काठमाडौं– कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य