एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध « Khabarhub

एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ । 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारण लाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव डा टंक प्रसार बारकोटीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता खरेलले बताए । 

प्रवक्ता खरेलले कानुन विधि अनुसार प्रभावकारी रूपमा काम गर्न सक्ने योग्यहरूबाट प्रहरी महानिरीक्षक चयन गरिएको बताए । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३९ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता