एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध | Khabarhub Khabarhub

एमसिए-नेपालको परियोजना आसपास संरचना निर्माण गर्न र रुख रोप्न निषेध


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ । 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत् प्रसारण लाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारण लाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव डा टंक प्रसार बारकोटीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता खरेलले बताए । 

प्रवक्ता खरेलले कानुन विधि अनुसार प्रभावकारी रूपमा काम गर्न सक्ने योग्यहरूबाट प्रहरी महानिरीक्षक चयन गरिएको बताए । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३९ बजे

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा– सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि

नेपाल–रसियाबीचको ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिन जोड

काठमाडौं– नेपाल–रसियाका वैज्ञानिकहरूबीचको सम्बन्ध सुदृढ बनाउन ‘विज्ञान–कूटनीति’ लाई प्राथमिकता दिनुपर्नेमा