राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | Khabarhub Khabarhub

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशकी प्रदेशसभा सदस्य कञ्चन विच्छा साहलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ।

समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले सोमबार जारी गरेको पत्रमा साहले पार्टी नेतृत्व र संगठनसँग कुनै छलफल वा परामर्श नगरी नेकपा एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठन गरिएको मन्त्रिपरिषद्मा सहभागी भएर पार्टीको नीति, सिद्धान्त र हितविपरीत कार्य गरेको उल्लेख छ ।

पत्रमा भनिएको छ, ’तपाईंले पार्टीको नीति, सिद्धान्त र हित विपरीत गैजिम्मेवारपूर्ण एवं अनुशासनहीन कार्य गर्नुभएको देखिन्छ। त्यसैले राप्रपाको विधान, २०४८ (संशोधनसहित २०७८) को दफा ३० (ड) अनुसार किन कारबाही गर्न नपर्ने हो? नपर्ने भए प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न अनुरोध गरिन्छ।’

अनुशासन समितिको यो निर्णयपछि अब कञ्चन विच्छा साहले जवाफ पठाउने या स्पष्टीकरण नदिई कारबाही भोग्ने दुई विकल्प छन् । यदि कारबाही भोग्न तयार भएको अवस्थामा उनको सांसद पद नै जाने सम्भावना हुन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ५१ बजे

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा– सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि