राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण « Khabarhub

राप्रपाले मधेशकी सांसद कञ्चन विच्छा साहलाई सोध्यो २४ घण्टे स्पष्टीकरण


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशकी प्रदेशसभा सदस्य कञ्चन विच्छा साहलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ।

समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले सोमबार जारी गरेको पत्रमा साहले पार्टी नेतृत्व र संगठनसँग कुनै छलफल वा परामर्श नगरी नेकपा एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठन गरिएको मन्त्रिपरिषद्मा सहभागी भएर पार्टीको नीति, सिद्धान्त र हितविपरीत कार्य गरेको उल्लेख छ ।

पत्रमा भनिएको छ, ’तपाईंले पार्टीको नीति, सिद्धान्त र हित विपरीत गैजिम्मेवारपूर्ण एवं अनुशासनहीन कार्य गर्नुभएको देखिन्छ। त्यसैले राप्रपाको विधान, २०४८ (संशोधनसहित २०७८) को दफा ३० (ड) अनुसार किन कारबाही गर्न नपर्ने हो? नपर्ने भए प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न अनुरोध गरिन्छ।’

अनुशासन समितिको यो निर्णयपछि अब कञ्चन विच्छा साहले जवाफ पठाउने या स्पष्टीकरण नदिई कारबाही भोग्ने दुई विकल्प छन् । यदि कारबाही भोग्न तयार भएको अवस्थामा उनको सांसद पद नै जाने सम्भावना हुन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ५१ बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन