ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु « Khabarhub

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ । 

आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो ।

बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई पहिलो चरणमा  ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको जानकारी दिए । 

उनका अनुसार ललितपुरमा १८० र भक्तपुरमा ८० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । उनले ‘स्वर्ण विन्दु प्राशन’ खाएका बालबालिकामा बौद्धिक विकास देखिने बताए। 

उनका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउनुपर्ने हुन्छ । विभागले गत भदौ ५ गते धनगढीबाट ‘स्वर्ण विन्दु प्राशन’को सुरुआत गरेको हो । 

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादव ‘स्वर्ण विन्दु प्राशन’को प्रभाव बालबालिकालाई परेकाले चाँडै नै देशभरिका आयुर्वेद केन्द्रबाट सबै बालबालिकालाई खुवाउने गरी तयारी गर्ने जानकारी दिए । b

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ५० बजे

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०