बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार | Khabarhub Khabarhub

बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७० सर्पको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पमध्ये अधिकांश विषालु सर्प भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख शंकर गुप्ताले वन क्षेत्र आसपासभन्दा बढी सहर बजारमा सर्प देखिन थालेको जानकारी दिँदै १५ जनाको प्राविधिक टोलीले रातिमा पनि सर्पको उद्धार गरेको बताए। 

जिल्लाको खासगरी नेपालगञ्ज र कोहलपुरमा सबैभन्दा बढी सर्पको उद्धार भएको उल्लेख गर्दै उद्धारका लागि जनशक्ति व्यवस्थापन र तालिमको अभाव भएको धारणा व्यक्त गरे । 

गत साउनदेखि कात्तिकसम्म विभिन्न प्रजातिका सर्पसहित विभिन्न ७६ वन्यजन्तुको उद्धार गरिएको कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार कमन कोब्रा, करेत, रसल भाइपर, धामन, अजिङ्गर लगायतका सर्पको उद्धार गरेर शम्शेरगञ्ज माथेबास चक्ला वन पुर्‍याइएको छ । 

धान काटेपछि जाडो महिनामा बस्तीमा जाने सम्भावना बढी हुने उल्लेख गर्दै सुवेदीले विषालु सर्पको जिल्लामा रहेको प्राविधिक समूहले उद्धार गर्ने बताए। 

“रातिमा प्रायः हामीलाई फोन आउँछ, स्रोतसाधनको पनि अभाव छ, तर पनि जसोतसो काम गरिरहेका छौँ”, उनले भने। 

गत आर्थिक वर्ष २०८१-८२ मा डिभिजन वन कार्यालयले विभिन्न प्रजातिका १२२ सर्पको उद्धार गरेको थियो । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ०२ बजे

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको