रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’ « Khabarhub

रूसी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने निर्णय ’भेदभावपूर्ण’


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– रूसी नागरिकहरूलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउने युरोपेली सङ्घको निर्णयलाई युरोपेली सङ्घका लागि रूसी स्थायी मिसनले ‘भेदभावपूर्ण’ भन्दै आलोचना गरेको छ ।

मिसनका साथै भिसा कमिटीमा सबै ईयू सदस्य राष्ट्रहरूले समर्थन गरेको युरोपेली आयोगले लिएको निर्णय रुसको लागि भेदभावपूर्ण भएको  रूसी मिडियालेसमेत रिपोर्ट गरेका छन् । 

सामान्य नागरिकलाई प्रतिबन्धले असर नगर्ने भनी गरिएको ईयूका व्यवस्थाहरूको विपरित हरने गरी भिसा सम्बन्धमा निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिसनले रूस र रूसी नागरिक विरुद्ध तोडफोड, सूचनाको दुरुपयोग, ईयूमा ड्रोन आक्रमण, तथा अनावश्यक प्रचारको लागि भिसाको दुरुपयोग हुन सक्ने आरोपहरू माथि आश्चर्य व्यक्त गरेको छ ।  

युरोपेली आयोगले केही दिन अघि असाधारण मामिलाहरू बाहेक रूसी नागरिकलाई प्रवेश भिसा जारी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने मस्कोले यस निर्णयको प्रतिक्रियामा कदम चाल्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : २८ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,