संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह « Khabarhub

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि अग्रभागमा उभिनुपर्ने अवस्था आएको बताएका छन्  । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रियामा उनले मुलुकको पछिल्लो घटनापछि संविधान नै के हुने हो भन्ने परिस्थिति सिर्जना भएकाले संविधानको रक्षाको लागि बचेका जनप्रतिनिधि अग्रभागमा आउनुपर्ने धारणा राखे।

मुख्यमन्त्री कँडेलले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा स्थानीय र प्रदेश तहका जनप्रतिनिधिले जनताको सेवासँगै संविधानको रक्षाको लागि आ–आफ्नो ठाउँबाट अगुवाइ गर्नुपर्नेमा जोड दिए । 

भदौ २३ र २४  गते लगत्तै  राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अब कहिल्यै फर्कन्नन् भन्ने मनोवैज्ञानिक त्रास सिर्जना गरिएको बताउँदै उनले यद्यपि दुई महिनामै परिस्थिति फेरिएको बताए  । 

‘जेन-जी आन्दोलनबाट सिर्जित परिस्थितिले सबैलाई प्रभावित बनाएको छ तर त्यतिबेलाको सरकार र आन्दोलनकारीको गतिविधि हेर्ने हो भने अब मुलुकमा दल नै नरहला जस्तो गरी व्यवहार गरियो । निजामती प्रशासन पनि त्यसै अनुरूप आतङ्कित भयो,’ मुख्यमन्त्री कँडेलले भने । उनले तीन तहको सरकारले सहकार्य, सहअस्तित्व र समन्वयमा आधारित भएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । 

भदौ २३ गतेपछि मुलुकको अवस्था पहिलेकै झैँ नरहेको बताउँदै मुख्यमन्त्री कँडेलले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागमा कसैको विमति नरहे पनि हिंसात्मक आन्दोलनलाई राजनीतिक आवरण दिन नसकिने जनाए । 

वास्तविक जेन-जीहरूले चाहेको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागमा जनप्रतिनिधिले आफूलाई अब्बल साबित गर्न सुझाएका उनले असल र जनमुखी कामबाट नै संविधान र व्यवस्थाको जगेर्ना हुने धारणा राखे ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ५६ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता