काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
गत असोज २८ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
बैठकमा सदस्यहरूले समसामयिक राजनीति, पार्टीको महाधिवेशनलगायत विषयमा धारणा राख्दै आएका छन् ।
केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि गर्ने वा पछि भन्ने विषयमा विवाद छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत आगामी पुस महिनामा नियमित वा विशेष अधिवेशन गर्नुपर्ने पक्षमा छन् भने अर्को पक्ष आगामी निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।
मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियार तथा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा राखेका थिए ।













प्रतिक्रिया