नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन « Khabarhub

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमानाकाको आवागमन सञ्चालनमा आएको छ।

भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधानसभा क्षेत्रमा मंगलबार मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो। आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहितका सीमावर्ती नेपालका बजारबाट दशगजा पारीका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउजाउ गर्न थालेका छन्।

महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार विधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै आउजाउ खुलेको हो।

सीमाक्षेत्रमा दुवैतर्फका सर्वसाधारण घुमफिर, किनमेल र नातासम्बन्धका परिवारजनसँग भेटघाटका लागि आउजाउ गर्ने यहाँको बाक्लै चलन छ । बिहारको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुवैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ ६ बजेदेखि आज साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए।

महोत्तरी जिल्लासँग भारतको बिहार राज्यका मधुवनी र सीतामढी सीमा जोडिएका जिल्ला हुन्। यी दुवै भारतीय जिल्लासँगको सीमा दुरी करिब ३९ किलोमिटर छ। सीमा क्षेत्रमा महोत्तरीतर्फ दोहोरो आउजाउका १० भन्दा बढी नाका छन्। यी सबै नाकाबाट अहिले दोहोरो आउजाउ खुलेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १० : ०७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा