एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर « Khabarhub

एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीच संगठनात्मक एकीकरणका लागि सात बुँदे सहमति भएको छ।

‘देशभक्ति तथा समाजवादको आदर्शयुक्त सशक्त र सुदृढ पार्टी निर्माण’ गर्ने उद्देश्यसहित बुधबार भएको सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार दुवै पक्षले नेपाल र नेपाली जनताको हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै बाह्य हस्तक्षेपबाट मुक्त राजनीति र राष्ट्रिय अर्थतन्त्रको पक्षमा अग्रसर हुने बताएका छन्।

पार्टीले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरणका लागि काम गर्ने र आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनको मिति र स्थान सचिवालयले निर्धारण गर्नेछ।

सहमति बमोजिम मातृभूमि जागरण अभियान अन्तर्गतका संरचनाहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा पारस्परिक सहमतिका आधारमा समायोजन गरिनेछ। साथै, पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम संयुक्त रूपमा तयार गरिने उल्लेख छ।

पार्टी सञ्चालन लोकतान्त्रिक मान्यता र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित हुने सहमतिपत्रमा भनिएको छ। एकीकरण प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यकतानुसार विभिन्न तहमा कार्यदल गठन गरिने पनि उल्लेख गरिएको छ।

सहमतिका सात बुँदा

(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृक्तिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिवद्ध रहने ।

(३) आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

(४) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १ : ५३ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने