दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस् « Khabarhub

दुर्गा प्रसाईंलाई गृहमन्त्रीले भने : दल दर्ता गरेर फागुन २१ को चुनावमा होमिनुस्


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अन्तरिम सरकारविरुद्ध आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईंको समूहले सरकारसमक्ष २७ बुँदे माग राखेको छ।

बुधबार गृहमन्त्रालयमा पुगेको प्रसाईंको समूहले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष २७ बुँदे माग राखेको हो ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’का सदस्यहरूको माग पत्र बुझेपछि गृहमन्त्री अर्यालले चुनावमा जान सुझाएका हुन् ।

महाअभियानका संयोजक प्रसाईंलाई अर्यालले राजनीतिक दल दर्ता गरेर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिन सुझाएका हुन् । यद्यपि बुधबार गृहमन्त्रीलाई भेट्न प्रसाईं भने सिंहदरबारमा पुगेका थिएनन्।

प्रसाईं नेतृत्वको महाअभियानले बुधबार गृह मन्त्रालयमा पुगेर राखेका विभिन्न २७ बुँदे मागबारे सुनेपछि अर्यालले यस्तो सुझाव दिएका हुन् ।

प्रसाईंका मागबारे प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले राजनीतिक प्रकृतिका रहेका बताए । उनले राजनीतिक माग पूरा गराउन पार्टी दर्ता गरेरै निर्वाचनमा जान सुझाएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राजनीतिक प्रकृतिका माग पूरा गर्न दल दर्ता गरेर निर्वाचनमा होमिन भनिएको बताएका छन् ।

त्यस क्रममा गृहमन्त्री अर्यालले शान्ति प्रक्रिया र सुशासनका सन्दर्भमा राखिएका माग पूरा गर्न सरकार सकारात्मक रहेको जवाफ दिएका छन् ।

प्रसाईंले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाका लागि जनमत सङ्ग्रह गर्नुपर्ने, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र र १४ अञ्चल ल्याउनुपर्ने माग गरेका छन् ।

त्यसैगरी जेन-जीका केही समूहले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेलगायत माग पनि प्रसाईं नेतृत्वको महाअभियानले गरेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : १७ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने