काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट « Khabarhub

काठमाडौं महानगर-११ को सेवा अब नवनिर्मित भवनबाट


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा बुधबार आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो ।   

नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’

उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण भइरहेको जानकारी दिए । 

भवन उद्घाटन अवसरमा वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. ९ का अध्यक्ष एवं कृषि पशुपन्छी तथा सहकारी समितिका संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडावासीका लागि गर्व योग्य काम भएको उल्लेख गरे । 

सेतो रङ्गको भवनलाई बिम्बका रूपमा प्रयोग गर्दै उनीहरूले, भवनको रङ्गजस्तै सेवा पनि थप पारदर्शी र जबाफदेही हुँदै जाने बताए । 

२०८० मंसिर २८ गते बिहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको थियो । 

भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको थियो । 

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा भवन निर्माण भएको हो । ४ तलाको भवन बागदरबारकै शैली र उचाइमा निर्माण भएको छ । भवनको भित्री सुविधा आधुनिक छ । भवनको भुईँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको छ । यस तलाबाट सेवा प्रवाह हुनेछ ।

पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष राखिएको छ । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष छ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष सञ्चालन गरिनेछ । यही तलामा ५० जना अट्ने सभा कक्ष छ । 

वडा सचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र बबरमहलबाट नै सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : २७ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही