भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ | Khabarhub Khabarhub

भ्रष्टाचारको आरोपमा श्रीलंकाका एक पूर्वमन्त्री पक्राउ


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाका पूर्वपर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् ।  

आयोगले विज्ञप्ति जारी गर्दै रणतुङ्गालाई सन् २०२१ मा उनको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको बताएको छ ।

आयोगका अनुसार यो मामिलामा पर्यटन मन्त्रालय अन्तर्गतका चार संस्थाका लागि नयाँ बिमा योजना खरिद गरिएको छ ।

 राज्यको स्वामित्वमा रहेको श्रीलङ्का बिमा निगम (एसएलआईसी) बाट सिधै खरिद गर्नुको सट्टा रणतुङ्गाले निजी कम्पनी मार्फत खरिद गर्दा एसएलआईसीलाई ४.७ मिलियन रुपैयाँ (२०२१ को विनिमय दरमा लगभग २४ हजार अमेरिकी डलर) को नोक्सान भएको जनाइएको छ ।  

आयोगले पूर्व मन्त्रीलाई बयानका लागि कोलम्बोको अदालतमा पेस गरिने जनाएको छ । रणतुङ्गाले यस अघि महिन्दा राजापाक्ष, गोताबाया राजापाक्ष र रानिल विक्रमासिङ्घे कार्यकालमा धेरै प्रमुख पदहरू सम्हालेको जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : २८ बजे

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका