प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना « Khabarhub

प्रकृति संरक्षणसम्बन्धी सचेतना जगाउँदै सेना


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले प्रकृति संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत विषयमा दुई सय भन्दा बढी विद्यार्थी र स्थानीयमाझ सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । 

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाका युनिटले विभिन्न स्थानमा उनीहरूलाई संरक्षण शिक्षालगायत जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गणले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित श्री शंकर पार्वती माविका शिक्षक तथा शिक्षार्थीलाई ‘मानव वन्यजन्तु द्वन्द्वको कारण र न्यूनीकरणको उपाय’ सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
यस्तै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणले चितवनको माडी नगरपालिका–९ स्थित श्रीकृष्ण नगर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संरक्षणको महत्व, निकुञ्ज सुरक्षामा नेपाली सेनाको भूमिका, जङ्गली जनावरको आनीबानी तथा सेनामा भर्ना छनोट प्रक्रियालगायत विविध विषयमा जानकारी गराएको सेनाले जनाएको छ ।
 
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणले निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सहकार्यमा मधुवन नगरपालिका–१ स्थिति त्रिभुवन माध्यमिक विद्यालयमा स्थानीयलाई सहभागी गराई प्रकृति संरक्षण तथा सामाजिक सुरक्षा कार्यमा समुदायको भूमिकाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।  
 
हाल सेनाका आठ गण, सात वटा अनाश्रित गुल्म र एक शिक्षालय गरी करिब नौ हजार फौज १४ संरक्षित क्षेत्रमा परिचालित रहँदै आएको छ । संरक्षणमा खटिने क्रममा हालसम्म  सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरेका निर्देशनालयले जनाएको छ ।
 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : २२ बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई