मधेश सरकार गठनविरुद्ध विरोध प्रदर्शन जारी « Khabarhub

मधेश सरकार गठनविरुद्ध विरोध प्रदर्शन जारी


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले बुधबार पनि विरोध प्रदर्शन जारी राखेका छन् । मधेश प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको भन्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै  उनीहरूले बुधबार पनि मधेश भवन अगाडि विरोध प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।

उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित नारावाजी गरेका छन् । सपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिस यादवले आफूहरूको विरोध प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए ।

प्रदेश प्रमुखलाई केन्द्र सरकारले पदमुक्त गरिसकेको अवस्थामा मुख्यमन्त्रीलाई समेत बर्खास्त गर्नुपर्ने उनले बताए । मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दा सर्वोच्चमा रहेकाले सर्वोच्चले संविधान अनुसार निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

यसअघि मंगरबार मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलीय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध जनाएका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही नेताहरू घाइते भएका थिए ।

उक्त घटनापछि सात दलीय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए । ७ दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : १९ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको