निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला « Khabarhub

निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन निर्वाचन एकमात्र विकल्प भएको बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उनले आगामी फागुन २१ को निर्वाचनमा जान कांग्रेसले सबै राजनीति दल र नागरिक समाजलगायतलाई एकतावद्ध बनाउनुपर्ने बताए।

‘यतिबेला कांग्रेस आन्तरिक रुपान्तरणको चरणमा छ भने सँगै देशलाई सही दिशा दिनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ, मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो, त्यही कारण कांग्रेस फागुन २१ को निर्वाचनमा सहभागी हुनुपर्छ,’ उनले भने।

उनले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएकाले निर्वाचनमार्फत बन्ने प्रतिनिधिसभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्नुपर्ने बताए।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ५ : ३४ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा