काठमाडौं– माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको फ्रेन्डली वार्मअप खेल टाइ भएको छ ।
जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले पनि १ सय ६७ रन नै जोड्यो । अन्तिम बलमा सोमपालले चौका प्रहार गरेपछि खेल टाइ भयो ।
कर्णालीका लागि पवन सर्राफले ९६ रन जोडे । उनले दीपेन्द्र रावत (३१) सँग तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए ।
काठमाडौंका करण केसी र सन्तोष यादवले २-२ तथा साहब आलमले १ विकेट लिए ।























प्रतिक्रिया