काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका दुवैजनाको मुद्दामा बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएपछि रवि र छवि तत्काल छुट्ने सम्भावना टरेको छ ।
रवि र छवि दुवै सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जेलमा छन् । रवि हाल ललितपुको नख्खु जेलमा छन् ।
उनीसँगै तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी जोशीको मुद्दामा पनि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए । उनलाई यसअघि जिल्ला अदालत रुपन्देही, उच्च अदालत बुटवल र सर्वोच्च अदालतलेसमेत थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए ।
यो मुद्दामा यसअघि कात्तिक २० गते सुनुवाइ भएको थियो । त्यसबबेला उच्च अदालतले सुरू अर्थात् जिल्ला अदालत रुपन्देहीको मिसिल झिकाउन आदेश गरेको थियो ।
रविले त्यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले त्यो आदेश दिएको थियो ।
त्यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।
लामिछानेको यो मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।













प्रतिक्रिया