कसरी बुद्धि आर्जन गर्ने « Khabarhub

कसरी बुद्धि आर्जन गर्ने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्धिमानी बन्ने सबैको रहर, इच्छा र चाहाना हुन्छ । तर, कसरी बुद्धि आर्जन गर्ने भन्ने ज्ञान सबैमा नहुनसक्छ। पढ्नुहोस्, यो एक प्रसंग
एक जना युवकले एकपटक सुकरातसँग सोधे – बुद्धि कसरी मिल्न सक्छ ?

त्यसपछि सुकरातले ती युवकलाई भने – मसँग आऊ । जब सुकरातले बोलाए तब ती युवक खुरुक्क सुकरात कहाँ गए ।

यसपछि सुकरातले ती युवकलाई नदीमा लिएर गए र उनको शीर नदीमा डुबाइदिए । उनले ती युवकलाई सास फेर्नका लागि नछट्पटाउँदासम्म डुबाइ नै रहे । जब ती युवक छट्पटाउन थाले त्यसपछि उनले बाहिर निकालेर छोडिदिए।

बाहिर निस्किएपछि जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले सोधे – जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहाना गर्‍यौ ?

युवकले तत्काल उत्तर दिए –हावाको।

सुकरातले भने – डुबेको बेला हावा चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १२ : ५६ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान