अन्तिम मिनेटमा अनन्तले गोल गर्दा बंगलादेशसँग हारबाट जोगियो नेपाल « Khabarhub

अन्तिम मिनेटमा अनन्तले गोल गर्दा बंगलादेशसँग हारबाट जोगियो नेपाल


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा डिफेन्डर अनन्त तामाङले गोल गदौ नेपाल बंगलादेशसँग हारबाट जोगिएको छ।

बंगलादेशको ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएको हो।

नेपालका लागि डिफेन्डर रोहित चन्द र अनन्त तामाङले एक–एक गोल गरे। बंगलादेशका लागि दुई गोल हाम्जा चौधरीले गरे।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल खान पुग्यो। इन्ज्युरी समयमा अनन्तले एक गोल थपे।

पहिलो हाफको २९ औँ मिनेटमा नेपालका डिफेन्डर रोहित चन्दले बललाई उत्कृष्ट फिनिसिङ गर्दै पोष्टको जाली चुमाएका थिए। राष्ट्रिय टोलीबाट रोहितको यो दोस्रो अन्तराष्ट्रिय गोल हो।

दोस्रो हाफमा पाँच मिनेटको अन्तरमा नै बंगलादेशले २ गोल फर्काएको थियो।
दोस्रो हाफको पहिलो मिनेटमा नै हाम्जा चौधरीको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो।

खेलको ४९ औँ मिनेटमा नेपालका सुमन श्रेष्ठले डिबक्स भित्र बंगलादेशका खेलाडीलाई लडाएपछि रेफ्रिले घरेलु टोलीलाई पेनाल्टीको मौका दिएका थिए।

जुन अवसरलाई हाम्जाले खेर जान दिएनन् र गोल गर्दै घरेलु टोलीलाई नेपालविरुद्ध अग्रता दिलाए।

तर खेलको इन्ज्युरी समयमा डिफेन्डर अनन्तले गोल गर्दै नेपाललाई हारबाट जोगाए। नेपाली टोली अब एसियन कप छनोटका लागि उतैबाट बंगलादेश जानेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ९ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको