सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड « Khabarhub

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाटन– सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ । 

वाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले शुक्रबार आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा  नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको प्रयोगमा पत्रकार जिम्मेवार हुनुपर्ने बताए। 

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सुशासन कायम गर्न सूचनाको हकको उपयोग हुनु प्रशंसनीय छ भन्दै सही सूचनाले समाजमा सकारात्मक प्रभाव पर्ने बताए। 

वाग्मती गाउँपालिका–२ का अध्यक्ष रामबहादुर ब्लोनले जन-चाहनाअनुरुप पत्रकार र स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने विचार व्यक्त गरे।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोका र ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी अहोरात्र खट्नुपर्छ भने ।  

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : २० बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको