‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली « Khabarhub

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेपाल वायुसेवा निगमको एउटा जहाज दिल्ली पठाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि ‘होल्डिङ फ्यूल’ नपुग्ने जनाउँदै दुबईबाट आएको आरए २३० नम्बरको उक्त जहाजलाई दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा डाइभर्ट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जहाज शुक्रबार बिहान ९ : ४० मा अवतरण हुने तालिका थियो । तर एयर ट्राफिक जामका कारण निर्धारित समयमा अवतरण गराउन नसकिने भएपछि दिल्ली पठाइएको हो ।

केहीबेर आकाशमा होल्ड गरिए पनि फ्यूल नपुग्ने भएपछि दिल्ली पठाइएको शेर्पाले जानकारी दिएका छन् । यो जहाजमा दिल्लीमै इन्धन भरेर फेरि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : ३६ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश