अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु « Khabarhub

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका रूपमा महायज्ञ सुरु भएको छ । 

अर्जुनधारा नगरपालिका–७ मा रहेको जलेश्वरधाममा सुरु भएको महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले बताए । महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गरेका छन् ।

उनले नयाँ पुस्तालाई संस्कार–संस्कृतिको पाठ सिकाउनुपर्ने बताए । ‘व्यक्तिमा जब संस्कार हुँदैन, उसको विवेक शून्य हुन्छ’, उनी भन्छन्, ‘त्यसैले सरकारले भौतिक संरचनामात्र विकास होइन, धर्म, संस्कृति र संस्कार जोगाउन पनि पहल गर्नुपर्छ ।’

महायज्ञमा धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहेका छन् । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ । 

सरकारले नेपालका १०१ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्बिरलाई नेपाल सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरूको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रूपमा यस धामलाई मानिएको छ । 

विराट राजाका गाईहरू हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाई फर्काएर ल्याएका थिए । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषबाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ । रासस

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : ४८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको